एनबी बैंकको ३२% बोनस शेयर र ८०% हकप्रद शेयर वितरण गर्ने

Post Date : September 3, 2016 | 8:55 pm

काठमाडौं, १८ भदौ । नेपाल बंगलादेश बैंकले आ.व. २०७२/७३ असार मसान्तसम्मको खुद मुनाफा १ अर्ब १९ करोड ८२ लाख रुपैयाबाट शेयरधनीहरूलाई ३२ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १.७ प्रतिशत नगद लाभांश दिने भएको छ ।

बैंकको हाल रहेको चुक्ता पूँजी ३ अर्ब ३ करोड ९२ लाख ११ हजार रुपैयामा ३२ प्रतिशत बोनस शेयरबाट हुन आउने ९७ करोड २५ लाख ४७ हजार पाँचसय बीस रुपैया समेत गरी ४ अर्ब १ करोड १७ लाख ५८ हजार पाँचसय बीस रुपैया चुक्ता पूँजी पुग्नेछ ।

बैंकले गत वर्ष ८० प्रतिशत हकप्रद शेयर जारी गर्ने घोषणा समेत गरेको थियो । बैंकले बोनस शेयर वितरणपछि हुन आउने रकममा ८० प्रतिशत हकप्रद शेयर जारी गर्दा अर्थात ३ अर्ब २० करोड ९४ लाख ६ हजार ८ सय १६ रुपैया समेत जोड्दा बैंकको कुल चुक्ता पूँजी ७ अर्ब २२ करोड ११ लाख ६५ हजार ३ सय ३६ रुपैया पुग्नेछ । चालु आ.व. २०७३/७४ को मुनाफाबाट पनि नेपाल राष्ट्र बैंकले तोकेको चुक्ता पूँजी ८ अर्ब रुपैया सजिलै पुग्ने देखिन्छ । तर बैंकलाई कुनै न कुनै एउटा वा दुईवटा विकास बैंक वा फाइनान्स कम्पनीलाई मर्जर वा एक्वीजिसन गर्नु पर्ने दबाब पनि रहेको बुझिएको छ । बैंकले मर्जरको लागि क्षेत्रीय विकास बैंकहरूसँग कुरा चलाइरहेको बुझिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *