एनबी बैंकको ३५ औँ शाखा मोरङ्गको कर्सियामा

Post Date : December 15, 2016 | 2:31 pm

काठमाडौँ, ३० मङ्सिर । नेपाल बंगलादेश बैंकले आफ्नो ३५ औँ शाखा मोरङ्ग जिल्लाको सरोभाग गाविस कर्सियामा शाखा विस्तार गरेको छ । शाखाको उद्घाटन बैंकका संचालक अरुण श्रेष्ठले गर्नुभएको छ । कार्यक्रममा बैंकका संचालक दीपक कार्की तथा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुंगानाको उपस्थिति रहेको थियो ।

बैंकले ३५ शाखा, २ एक्सटेन्सन काउण्टर, ७ शाखारहित घरदैलो बैंकिङ्ग सेवा तथा ३५ वटा एटिएमबाट बैंकिङ्ग सेवा दिँदै आएको जनाएको छ ।

सोही अवसरमा बैंकले संस्थागत समाजिक उत्तरदायित्व अन्तर्गत सरोभाग गाविस कर्सिया स्थित शाखा शारदा माध्यमिक विद्यालयलाई एक थान कम्प्युटर र एक थान प्रिन्टर बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुंगानाले हस्तान्तरण गर्नुभयो ।

बैंकले चालु आ.व. २०७३।७४ को पहिलो त्रैमासिक ३९ अर्ब ६० करोड निक्षेप संकलन र ३४ अर्ब २७ करोड रुपैयाँ कर्जा प्रवाह गरी २२ करोड ५० लाख रुपैयाँ खुद मुनाफा गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *