एनसीईका विद्यार्थीले सिटिजन्स बैंकबाट शैक्षिक कर्जा पाउने

Post Date : September 5, 2016 | 1:39 pm

काठमाडौं, २० भदौ । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड र नेशनल कलेज अफ इञ्जिनियरिङबीच शैक्षिक प्रमाणपत्र धितो राखी विद्यार्थीलाई ऋण दिने सम्बन्धी सम्झौता भएको छ ।

सम्झौता अनुसार सो इञ्जिनियरिङ कलेजमा अध्ययन गर्ने विद्यार्थीले वार्षिक ८.५ प्रतिशत ब्याजदरमा ३ लाख ५० हजार रुपैया किस्ताबन्दीमा ऋण लिन सक्नेछन् । उक्त ऋण (कर्जा) लिन विद्यार्थीले एसएलसी तथा १२ कक्षाका सक्कल प्रमाणपत्र धितो राख्नु पर्नेछ । विद्यार्थीको अभिभावक र कलेजबीच सम्झौतापछि कलेजको सिफारिसमा बैंकले विद्यार्थीलाई ४ वर्षको ऋण उपलब्ध गराउनेछ ।

अध्ययनमा उत्कृष्ट, लगनशील र विश्वासको आधारमा थप ४ वर्षको अवधि थप्न पनि सकिने बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *