एनसीसी, कुमारी र अरु डेभलपमेन्ट बैंकबीच शेयर अनुपातमा टुंगो लाग्यो

Post Date : May 17, 2016 | 3:18 pm

काठमाडौं, ४ जेठ । एनसीसी बैंक र कुमारी बैंकसहित इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैंक, सुप्रिम डेभलपमेन्ट बैंक, इन्टरनेशनल डेभलपमेन्ट बैंक र एपेक्स डेभलपमेन्ट बैंकबीच हुन लागेको मर्जरमा शेयर अनुपात टुंगो लागेको छ ।

डिडिए प्रतिवेदन अनुसार एनसीसी बैंकको सय कित्ता शेयरको सय कित्ता नै हुनेछ भने कुमारी बैंकका ९९ कित्ता, इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैंकको ७७ कित्ता, सुप्रिम डेभलपमेन्ट बैंकको ७६ कित्ता, इन्टरनेशनल डेभलपमेन्ट बैंकको ७२ कित्ता र एपेक्स डेभलपमेन्ट बैंकको ४७ कित्ता शेयर हुनेछ ।

यी ६ बैंक तथा वित्तीय संस्था मर्ज हुँदा चुक्ता पूँजी ८ अर्ब रुपैया पुग्नेछ । त्यस्तै निक्षेप ८१ अर्ब रुपैया र कर्जा ६४ अर्ब रुपैया पुग्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *