एनसीसी बैंकको नाफा ७० करोड ३० लाख रुपैया

Post Date : August 12, 2016 | 12:11 pm

काठमाडौं, २८ साउन । नेपाल क्रेडिट एण्ड कमर्स बैंकले आ.व. २०७२/७३ मा ७० करोड ३० लाख रुपैया खुद मुनाफा गरेको छ । बैंकले उक्त अवधिमा ३० अर्ब ३६ करोड ३५ लाख रुपैया निक्षेप संकलन र २४ अर्ब ८९ करोड ११ लाख रुपैया कर्जा प्रवाह गरेको थियो ।

बैंकले अघिल्लो आ.व. २०७१/७२ भन्दा आ.व. २०७२/७३ मा निक्षेप संकलनमा ३ अर्ब ७० करोड रुपैया, कर्जा प्रवाहमा ३ अर्ब ४५ करोड रुपैया र खुद मुनाफामा २९ करोड ५४ लाख रुपैया बढाएको छ ।

बैंकले अघिल्लो आ.व.को निष्क्रिय कर्जा १.९३ प्रतिशतलाई गत आ.व. २०७२/७३मा ०.९० प्रतिशतमा ल्याएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *