एनसीसी बैंकको शेयर कारोबार खुल्यो

Post Date : March 6, 2017 | 8:22 pm

काठमाडौँ, २३ फागुन । नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसीसी बैंक) को शेयर कारोबार आज सोमबारबाट खुलेको छ । बैंकले वितरण गरेको १६ प्रतिशत बोनस शेयरसमेत समायोजन भएर प्रति कित्ता शेयर ३ सय १३ रुपैयाँमा शेयर कारोबार शुरु भएको हो ।

एनसीसी बैंकमा एपेक्स डेभलपमेन्ट बैंक, सुप्रिम डेभलपमेन्ट बैंक, इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैंक र इन्टरनेशनल डेभलपमेन्ट बैंक मर्ज हुँदा शेयर कारोबार रोकिएको थियो ।

बैंकको हाल चुक्ता पूँजी ४ अर्ब ६७ करोड ९० लाख ५८ हजार रुपैयाँ छ भने जगेडा कोषमा २ अर्ब ३० कोड ३९ लाख ३८ हजार रुपैयाँ रहेको छ । बैंकले चालु आ.व.को दोस्रो त्रैमासमा ५५ अर्ब ४६ करोड रुपैयाँ निक्षेप संकलन र ४८ अर्ब ४२ करोड कर्जा प्रवाह गरी ७ करोड ७६ लाख रुपैयाँ खुद मुनाफा गरेको छ । सोही अवधिमा निस्क्रीय कर्जा ४ दशमलब ८४ प्रतिशत रहेको छ भने कर्जा निक्षेप अनुपात ७८ दशमलब ६८ प्रतिशत छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *