एन.सि.एम. मर्चेण्टको अध्यक्षमा बज्राचार्य

Post Date : March 7, 2017 | 12:34 pm

काठमाडौँ, २४ फागुन । सनराइज बैंकले साविक मूल कम्पनी एनआइडिसी क्यापिटल मार्केट्स लिमिटेडलाई प्राप्ति गरेपश्चात एन.सि.एम. मर्चेण्ट बैंकिङ लिमिटेडमा बैंकको तर्फबाट प्रतिनिधित्वका लागि प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य, मुख्य प्रबन्धक/प्रमुख ट्रेजरी विभाग अरुण पराजुली र कम्पनी सचिव एवं प्रमुख अनुपालक विभाग ईश्वरकुमार पाठकलाई संचालक पदमा मनोनयन गरेको छ ।

एन.सि.एम. मर्चेण्ट बैंकिङको संचालक समितिको बैठकले सिइओ रत्नराज बज्राचार्यलाई सर्वसम्मत अध्यक्ष पदमा मनोनयन गरेको छ । संस्थापक संस्था एनआईडिसी डेभलपमेन्ट बैंकको तर्फबाट विक्रमभक्त जोशीले प्रतिनिधित्व गर्दै आएका छन् । एन.सि.एम. मर्चेण्ट बैंकिङ लिमिटेडमा प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठ नियुक्त भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *