एफपिओको मूल्य निर्धारणमा ठोस मापदण्ड

Post Date : August 13, 2016 | 11:38 am

काठमाडौं, २९ साउन । नेपाल धितोपत्र बोर्डले फर्दर पब्लिक अफरिङ्ग (एफपिओ) को मूल्य निर्धारण सम्बन्धमा ठोस मापदण्ड बनाएको छ । सूचीकृत कम्पनीले चाहेको मूल्यमा बोर्डले सामान्य अध्ययन गरेर सोही मूल्य वा आवश्यक केही संशोधन सहित हालसम्म स्वीकृति दिँदै आएकोमा अबदेखि निश्चित सूचकलाई आधार बनाइने भएको छ ।

अबदेखि एफपिओ जारी गर्दा विभिन्न ४ वटा पक्षलाई प्राथमिकता दिनु पर्ने जनाएको छ । बोर्डले पूँजीकृत भएको आम्दानी (क्यापिटलाइज्ड अर्निङ) प्रति शेयर खुद सम्पत्तिको मूल्य (नेट बर्थ पर शेयर), १८० दिनको शेयरको औसत बजार मूल्य (एभरेज शेयर मार्केट प्राइस) र अभिवयमा प्राप्त हुने नगद प्रवाहको वर्तमान मूल्य (डिस्काउन्टेड क्यास फ्लो) लाई आधार मानेर एफपिओको मूल्य निर्धारण गर्नु पर्ने उल्लेख गरेको छ ।

यी सूचकलाई नै मुख्य आधार बनाएर कम्पनीहरूले एफपिओको मूल्य निर्धारण गर्नु पर्ने बोर्डले जनाएको छ । कम्पनीले एफपिओ जारी गर्नका लागि निर्णय भएको ४ महिनाभित्र बोर्डमा जानकारी गराइसक्नु पर्ने पनि बोर्डले जनाएको छ । नया लागू विधिबाट एफपिओ जारी गर्दा हाल विभिन्न कम्पनीले राख्ने मूल्यभन्दा शेयर मूल्य कम हुने देखिन्छ ।

केही महिनाअघि नेपाल लाइफ इन्स्योरेन्सले ३ हजार रुपैयाको एफपिओ मूल्य सार्वजनिक गर्दा विवाद भएको थियो । जसले गर्दा केही दिनसम्म बजारमा कम्पनीको कारोवार रोक्का भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *