एभरेष्ट फाइनान्स लिमिटेड १३ वर्ष पूरा गरी १४औं वर्षमा प्रवेश

Post Date : July 4, 2016 | 11:09 am

काठमाडौं, २० असार । एभरेष्ट फाइनान्स लिमिटेड १३ वर्ष पूरा गरी १४औं वर्षमा प्रवेश गरेको छ । वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा फाइनान्सका अध्यक्ष डा. गोविन्द वल्लभ भट्टले फाइनान्सले सुलभ, सक्षम, दक्ष र भरपर्दो वित्तीय सेवा दिइरहेको बताउनु भयो ।

कार्यक्रममा फाइनान्सका प्रमुख कार्यकारी अधिकृत खिमबहादुर कार्कीले नियमनकारी निकायबाट हाल कायम रहेको पूँजीको ४ गुणा वृद्धि गर्नु पर्ने प्रावधान पूरा गर्न बैंक तथा वित्तीय संस्थासँग मर्जर गरेर पूँजी पुरयाउने लक्षमा हिँडिरहेको बताउनु भयो ।

फाइनान्सको २०७३ असार १५ गतेसम्मको चुक्ता पूँजी १३ करोड ७५ लाख रुपैया, निक्षेप १ अर्ब १९ करोड रुपैया, कर्जा लगानी १ अर्ब ३ करोड रुपैया र संचालन मुनाफा २ करोड १४ लाख रुपैया रहेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *