एभरेष्ट बैंकको एटिएम कीर्तिपुरमा

Post Date : June 23, 2017 | 3:24 pm

काठमाडौँ, ९ असार । एभरेष्ट बैंकले कीर्तिपुरमा एटिएम संचालनमा ल्याएको छ । बैंकको यो ८९ औँ एटिएम हो । उक्त एटिएमको कीर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जन र बैंकका प्रमुख कार्यकारी अधिकृत सोमेश्वर सेठले संयुक्त रूपमा गर्नु भएको छ ।

बैंकका नेपालभरि ६० वटा शाखा, ८९ वटा एटिएम, ६ वटा एक्सटेन्सन काउण्टर र २५ वटा राजश्व संकलन काउण्टर संचालनमा रहेका छन् ।

बैंकले भारतमा पञ्जाव नेशनल बैंकको ७ हजारभन्दा बढी एटिएम तथा बृहद बाह्य सञ्जालमार्फत उत्कृष्ट सेवा प्रदान गर्दै आएको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *