एभरेष्ट बैंकको एटिएम सोह्रखुट्टेमा

Post Date : January 9, 2017 | 4:38 pm

काठमाडौँ, २५ पुस । एभरेष्ट बैंकले भारतीय दुतावास, कल्याणकारी विभाग, सोह्रखुट्टेमा एटिएम संचालनमा ल्याएको छ । उक्त एटिएम सेवाको उद्घाटन पञ्जाब नेशनल बैंकका कार्यकारी निर्देशक डा. राम.एस. सांगापुरेले गर्नु भएको छ । सोही दिन बैंकको कर्पोरेट धुनको पनि बिमोचन गरिएको थियो ।

बैंकको चालु आर्थिक वर्ष २०७३।७४ को पहिलो त्रैमासिकमा ८९ अर्ब १५ करोड ५० लाख रुपैयाँ निक्षेप संकलन र ६९ अर्ब ५३ करोड रुपैयाँ कर्जा प्रबाह गरी ५१ करोड ३४ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । यसै अवधीमा बैंकको चुक्ता पूँजी २ अर्ब ७४ करोड २६ लाख ४ हजार रुपैयाँ रेहेको छ भने जगेडा कोषमा ६ अर्ब ३८ करोड ३० लाख रुपैयाँ छ ।

बैंकले हाल ६१ वटा शाखा, ५ वटा ए्रक्सटेन्सन काउन्टर, २४ वटा राजस्व संकलन काउन्टर र ८६ वटा एटिएम तथा बृहत् बाह्य सञ्जाल मार्फत उत्कृष्ट सेवा दिँदै आएको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *