एभरेष्ट बैंकको खुद मुनाफा ५१ करोड ३४ लाख रुपैया

Post Date : November 14, 2016 | 2:09 pm

काठमाडौँ, २९ कात्तिक । एभरेष्ट बैंकले चालु आर्थिक वर्ष २०७३/७४ को पहिलो त्रैमासिकमा ५१ करोड ३४ लाख २१ हजार रुपैया खुद मुनाफा गरेको छ । गत आर्थिक वर्षको यसै अवधिमा बैंकले ३६ करोड ३७ लाख ३ हजार रुपैया खुद मुनाफा गरेको थियो ।

बैंकले चालु आ.व.को पहिलो त्रैमासिकमा ८९ अर्ब १५ करोड रुपैया निक्षेप संकलन गरी ६९ अर्ब ५३ करोड रुपैया कर्जा लगानी गरेको छ । यसै अवधिमा बैंकको निस्क्रीय कर्जा शून्य दशमलब ३६ प्रतिशत रहेको छ ।

बैंकको चुक्ता पूँजी भने २ अर्ब ७४ करोड २६ लाख ४ हजार रुपैया रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *