एभरेष्ट बैंकको डिजिटल मनि ट्रान्सफर सेवा

Post Date : May 5, 2016 | 8:57 am

एभरेष्ट बैंकले अमेरिकाबाट जुम कर्पोरेसनसँगको साझेदारीमा डिजिटल मनि ट्रान्सफर सेवा सुरु गरेको छ । बैंकले मुलुकका विभिन्न ठाउँहरूमा द्रुत गतिमा सुरक्षित रुपले रेमिट्यान्स पुरयाई आफ्ना ग्राहकलाई सेवा पुरयाउने भएको छ ।

यसरी रेमिट्यान्स सेवा चाहने व्यक्तिले एकहजार अमेरिकी डलर पठाए वापत जम्मा ४.९९ अमेरिकी डलर शुल्क संयुक्त साझेदार जुम कर्पोरेसनलाई बुझाउनु पर्नेछ । यसरी पठाएको रकम अमेरिकी बैंक खातामार्फत पठाएमा अमेरिकी डलर एकहजार माथिको रकममा शुल्क लाग्ने छैन ।

जुम कर्पोरेसन, पेएबल सर्भिस अमेरिकाको प्रमुख डिजिटल मनि ट्रान्सफर कम्पनी हो । जसले रकम पठाउन, बिल भुक्तानी तथा परिवार र आफन्तको मोबाइलको रिचार्ज बापतको भुक्तानी गर्न, मोबाइल फोन, ट्याब्लेट वा कम्प्युटर मार्फत सुरक्षित, द्रुत र सुलभ तरिकाले सेवा दिंदै आएको बैंकद्वारा जारी विज्ञप्तीमा जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *