एभरेष्ट बैंकको नाफा १ अर्ब ७३ करोड

Post Date : August 14, 2016 | 3:58 pm

काठमाडौं, ३० साउन । एभरेष्ट बैंकले आ.व. २०७२/७३ को असार मसान्तसम्ममा १ अर्ब ७३ करोड २ लाख ४२ हजार रुपैया खुद मुनाफा गरेको छ । बैंकले ९३ अर्ब ७३ करोड ५४ लाख रुपैया निक्षेप संकलन र ६८ अर्ब ९१ करोड १५ लाख रुपैया कर्जा प्रवाह गरी उक्त मुनाफा गरेको हो । बैंकको अघिल्लो आ.व. २०७१/७२ मा १ अर्ब ५४ करोड रुपैया खुद मुनाफा गरेको थियो ।

बैंक अघिल्लो आ.व.मा निष्क्रीय कर्जा ०.६६ प्रतिशत थियो भने गत आ.व.मा ०.३८ प्रतिशत रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *