एभरेष्ट बैंकको निक्षेप परिचालन योजना

Post Date : May 23, 2017 | 6:15 pm

काठमाडौँ, ९ जेठ । एभरेष्ट बैंकले वित्तीय समावेशितालाई प्रोत्साहन गर्नका साथै निक्षेपको आधारलाई अझ मजबुत पार्न निक्षेप परिचालन योजना शुरु गरेको छ । जेठ १ गतेदेखि शुरु भएको यस योजनाको अवधि एक महिनाको रहनेछ ।

समाजका विभिन्न समूहलाई बचतको बानी बसाल्नको लागि यस योजना अन्तर्गत बैंकले विशेषगरी बचत तथा चल्ती खातामा जोड दिएको छ र खाता खोल्न आवश्यक न्यूनतम मौज्दात रकममा ५० प्रतिशत छुट प्रदान गरेको छ । बचत तथा चल्ती खातामा जोड भएता पनि ग्राहकले मुद्दती र कल खाता पनि आकर्षक ब्याजदरमा खोल्न सक्ने बैंकले जनाएको छ ।

बैंकले हाल आफ्ना ६१ वटा शाखा, ६ वटा एक्सटेन्सन काउण्टर, २५ वटा राजश्व संकलन काउण्टर र ८८ वटा एटिएम तथा बृहत बाह्य सञ्जालमार्फत उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *