एभरेष्ट बैंकद्वारा रत्नराज्य उच्च मा.वि.लाई पिउने पानी

Post Date : September 27, 2016 | 8:17 am

काठमाडौं, ११ असोज । एभरेष्ट बैंकले रत्नराज्य उच्च माध्यमिक विद्यालयमा पिउने पानीको व्यवस्था गर्न सहयोग गरेको छ । विद्यालयमा आयोजित कार्यक्रममा भूतपूर्व उप–प्रधानमन्त्री प्रकाशमान सिंह र बैंकका अध्यक्ष बीके श्रेष्ठले संयुक्त रुपमा उक्त सेवाको उद्घाटन गर्नु भएको छ ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त सहयोग गरेको हो । हाल बैंकको ६१ शाखा, ५ एक्सटेन्सन काउण्टर, २४ राजस्व संकलन काउण्टर र ८५ एटिएम काउण्टर मार्फत वित्तीय सेवा प्रदान गर्दै आइरहेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *