एभरेष्ट बैंक र बेष्ट रेमिटबीच सम्झौता

Post Date : June 4, 2017 | 11:20 am

काठमाडौँ, २१ जेठ । एभरेष्ट बैंक र बेष्ट रेमिटबीच रकम भुक्तानीसम्बन्धी सम्झौता भएको छ । हाल बैंकले आफ्नै अनलाइन रेमिट्यान्स सेवा एभरेष्ट रेमिटमार्फत सेवा प्रदान गरिरहेकोमा अबदेखि रकम भुक्तानी कार्यमा सहकार्य हुने भएको छ ।

शुरुवातमा यो सुविधा बैंकले युएई, कतार, बहराइन, ओमन, मलेसिया, युके, युएसए, जापान र कोरियामा कार्यरत नेपालीहरूका लागि उपलब्ध गराएको थियो भने आगामी दिनमा अन्य देशमा पनि विस्तार गरिने जनाएको छ ।

बैंकले आन्तरिक रेमिट तथा वैदेशिक व्यापार सहज बनाउन विभिन्न देशका बैंक–एजेन्सीसँग सहकार्य गर्दै आएको छ । यसैगरी, बैंकले इजी रेमिट, एक्सप्रेस मनि ट्रान्सफर, मनिग्राम, वेष्टर्न युनियन मनि ट्रान्सफर तथा क्यास एक्सप्रेससँग तत्काल रकम भुक्तानीका लागि यसअघि नै सम्झौता गरिसकेको छ, जसले बैंकलाई विश्वभरबाट आउने रेमिट्यान्स रकम भित्र्याउन सहज भएको बैंकले जनाएको छ ।

बैंकले पञ्जाब नेशनल बैंकको इन्डो नेपाल रेमिटमार्फत भारतबाट पनि रेमिट्यान्स भित्र्याउँदै आएको छ । ग्राहकले पञ्जाब नेशनल बैंकका शाखा, पञ्जाब नेशनल बैंकको मोबाइल वा इन्टरनेट बैंकिङ सुविधा तथा व्यावसायिक प्रतिनिधिमार्फत एभरेष्ट बैंकमा सिधै रकम पठाउन सक्ने बैंकले जनाएको छ । साथै एभरेष्ट बैंक भारतमा आफ्नै प्रतिनिधि कार्यालय भएको पहिलो नेपाली बैंक हो ।

बैंकले हाल आफ्ना ६० वटा शाखा, ६ वटा एक्सटेन्सन काउण्टर, २५ वटा राजस्व संकलन काउण्टर र ८८ वटा एटिएम तथा बृहत बाह्य सञ्जालमार्फत सेवा दिँदै आइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *