एभरेष्ट बैंक र सक्षम टु फाइनान्सबीच सम्झौता

Post Date : August 5, 2016 | 11:00 am

काठमाडौं, २१ साउन । एभरेष्ट बैंक र यूके एड सक्षम टु फाइनान्सबीच सुदूरपश्चिम, मध्यपश्चिम र पश्चिमका २७ जिल्लामा वित्तीय सेवा महुँचको विस्तार गर्ने सम्झौता भएको छ । सम्झौता पत्रमा एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत एके अहलुवालिया र सक्षमका टिम लिडर बलजित बोहराले हस्ताक्षर गर्नु भएको छ ।

उक्त कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठले ग्रामीण क्षेत्रमा बसोबास गर्ने सर्वसाधारण दैनिक आर्थिक क्रियाकलापमा वित्तीय पहुँच पुग्नपर्ने बताउनु भएको थियो ।

बैंकले ६१ शाखा, ५ एक्सटेन्सन काउण्टर, २४ राजस्व संकलन केन्द्र र ८२ एटिएम र बुहत बाह्य सञ्जालमार्फत बैंकिङ्ग सेवा दिइरहेको बैंकद्वारा जारी विज्ञप्तीमा जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *