एमरेष्ट बैंकले हकप्रद शेयरको स्वीकृति माग्यो

Post Date : February 24, 2017 | 2:25 pm

काठमाडौँ, १३ फागुन । एभरेष्ट बैंकले ३ बराबर १ को अनुपातमा हकप्रद शेयर निष्काशन गर्न नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ ।

बैंकले रु. १००।– अंकित दरका १ करोड ५० लाख ८८ हजार ८ सय ७ कित्ता बराबरको १ अर्ब ५० करोड ८८ लाख ८ हजार ७ सय रुपैयाँको हकप्रद शेयर निष्काशन गर्न लागेको हो ।

बैंकले गत आर्थिक वर्ष २०७२/७३ को मुनाफा १ अर्ब ७३ करोड रुपैयाँबाट ७० प्रतिशत बोनस शेयर वितरण गरेको थियो ।

बैंकले चालु आर्थिक वर्ष २०७३/७४ को दोस्रो त्रैमासिकमा ९० अर्ब ४३ करोड ६६ लाख रुपैयाँ निक्षेप संकलन र ७२ अर्ब ६१ करोड ८१ लाख रुपैयाँ कर्जा प्रवाह गरी ९७ करोड १५ लाख रुपैयाँ खुद मुनाफा गरेको छ । यसै अवधिमा बैंकको निस्क्रीय कर्जा शून्य दशमलब ७० प्रतिशत रहेको छ भने कर्जा/निक्षेप अनुपात ७६ दशमलब ६० प्रतिशत छ ।

बैंकको हाल चुक्ता पूँजी ४ अर्ब ६० करोड ६४ लाख २७ हजार रुपैयाँ छ । त्यस्तै जगेडा कोषमा ४ अर्ब ८७ करोड ९२ लाख ३६ हजार रुपैयाँ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *