एलआइसी नेपालले ‘जीवन श्री’ बीमा योजना ल्यायो

Post Date : September 1, 2016 | 3:06 pm

काठमाडौं, १६ भदौ । लाइफ इन्स्योरेन्स कम्पनी नेपाल (एलआइसी नेपाल) ले ‘जीवन श्री’ नामक जीवन बीमा योजना बजारमा ल्याएको छ । न्यूनतम ७ वर्षदेखि ५० वर्ष उमेरसम्मका ग्राहकवर्गलाई लक्षित बीमा योजना ल्याइएको जनाइएको छ । बीमा समितिका अध्यक्ष प्रा.डा. फत्तबहादुर के.सी.ले बीमा योजना सार्वजनिक गर्नु भएको छ ।

पन्ध्र वर्ष बीमा अवधि रहने यो योजनाको न्यूनतम बीमाङ्क रकम ५ लाख रुपैया रहेको छ । यस योजना अन्तर्गत बीमा गर्नेलाई पहिलो ५ वर्षका लागि प्रति हजार ६५ रुपैयाका दरले बोनस सुनिश्चित गरिएको एलआइसी नेपालले जनाएको छ । छैटौं वर्षदेखि परिपक्वता हुने समयसम्म एलआइसी नेपालले योजना गरे अनुसारको बोनस दर उपलब्ध गराउने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *