एसियन लाइफ इन्स्योरेन्सले २० प्रतिशत बोनस शेयर दिने

Post Date : February 15, 2017 | 9:31 pm

काठमाडौँ, ४ फागुन । एसियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको २०७३ फागुन ३ गते बसेको १०८ औँ संचालक समितिको बैठकले २० प्रतिशत बोनस शेयर र १ दशमलब ०५ प्रतिशत कर प्रयोजनको लागि नगद लाभांश दिने निर्णय गरेको छ ।

कम्पनीले बोनस शेयर वितरणपछि हुन आउने रकममा २ बराबर १ को अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने समेत निर्णय गरेको छ ।

बिमा समिति र आगामी बार्षिक साधारण सभाबाट उक्त प्रस्ताव पारित भएपछि कार्यान्वयनमा आउनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *