एस क्यापिटल लिमिटेडले डिम्याट खाताको विवरण मोबाइल एप मार्फत निःशुल्क हेर्न सकिने

Post Date : April 19, 2016 | 6:39 pm

एस क्यापिटल लिमिटेडले डिम्याट खाताको विवरण मोबाइल एप मार्फत निःशुल्क रुपमा हेर्न सकिने व्यवस्था गरेको छ । एपमार्फत खातामा रहेको शेयर विवरण हेर्न एस क्यापिटलमा डिम्याट खाता खोल्ने क्रममा मोबाइल नम्बर रेकर्ड भएका खाताधारकहरूलाई निजको मोबाइलमा एसएमएसमार्फत ओटीसी एकपटकका लागि पासवर्ड पठाइसकिएको कम्पनीले जनाएको छ ।

पासवर्ड प्राप्त गर्ने खाताधारकले गुगल प्ले स्टोरमा गएर एस क्यापिटल नामक मोबाइल एप डाउनलोड गरी आफ्नो हितग्राही खाता नं. १३०१०२०० सहित १६ अंकको युजर नेम र पासवर्डमा मोबाइलमा प्राप्त भएको ओटीसी प्रयोग गरी लगअन गर्नुपर्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *