एस डेभलपमेन्ट बैंकको नाफा २५ करोड २६ लाख रुपैया

Post Date : August 8, 2016 | 12:31 am

काठमाडौं, २३ साउन । एस डेभलपमेन्ट बैंकले आ.व. २०७२/७३ मा ७ अर्ब ५८ करोड ९० लाख निक्षेप संकलन र ६ अर्ब ७५ करोड ३१ लाख रुपैया कर्जा प्रवाह गरी २५ करोड २६ लाख रुपैया खुद मुनाफा गर्न सफल भएको छ ।

बैंकले अघिल्लो आ.व. २०७१/७२ मा १३ करोड ४९ लाख रुपैया मुनाफा गरेको थियो । बैंकले अघिल्लो आ.व. २०७१/७२ मा रहेको निष्क्रीय कर्जा अनुपात ३.६८ प्रतिशतबाट घटाएर आ.व. २०७२/७३ को असार मसान्तमा १.५१ प्रतिशत पुगेको छ ।

बैंकलाई नेपाल इन्भेष्टमेन्ट बैंकले प्रति शेयर ४२ रुपैयामा खरिद गर्ने सम्बन्धमा सम्झौता भएको छ । डिडिए प्रतिवेदनबाट केही रकम फरक पर्न सक्ने बताइएको छ । २०७३ पौष सम्ममा एकीकृति कारोवार गरिने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *