एस डेभलपमेन्ट बैंक र बुम रेमिटबीच सम्झौता

Post Date : September 9, 2016 | 11:48 am

काठमाडौं, २४ भदौ । एस डेभलपमेन्ट बैंक र बुम रेमिटबीच रेमिट्यान्स भुक्तानी सम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठ र बुम रेमिटका प्रबन्ध निर्देशक धिरेन्द्र पन्तले हस्ताक्षर गर्नु भएको छ । सम्झौतापछि बुम रेमिटले विदेशबाट पठाएको रकम एस डेभलपमेन्ट बैंकका शाखाहरूबाट भुक्तानी हुनेछ ।

बुम रेमिटले अहिले खाडी मुलुकबाट रेमिट्यान्सको कारोवार गर्दै आएकोमा कोरिया, जापान, अष्ट्रेलिया, युरोप, इजरायल, अमेरिका, मलेसिया र भारतबाट पनि कारोवार चाँडै सुरु गर्ने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *