ओम डेभलपमेण्ट बैंक १० औं वर्षमा प्रवेश

Post Date : October 19, 2016 | 1:54 pm

काठमाडौं, ३ कार्तिक । ओम डेभलपमेण्ट बैंक नवौं वर्ष पुरा गरी १० औं वर्षमा प्रवेश गरेको छ ।

बैकले बार्षिक उत्सवको अवसरमा पोखराको विन्दवासिनी मन्दिर परिसरमा सरसफाई र रक्तदान कार्यक्रम गरेको छ । बैंकको पोखरा चिप्लेढुंगा स्थित प्रधान कार्यालयमा आयोजना गरिएको रक्तदान कार्यक्रममा ५१ युनिट रगत संकलन भएको छ । यस अघि बैंकले विन्दवासिनी एम्बुलेन्स सेवाको भवन निर्माणका लागि १५ लाख रुपैया सहयोग गरेको थियो ।

बैंकले हालै गोरखामा प्रधान कार्यालय रहेको मनास्लु विकास बैंकसँग मर्जरका लागि सैद्धान्तिक सहमति गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *