ओम डेभलपमेन्ट बैंकको नयाँ शाखा काठमाडौँको कलंकीमा

Post Date : March 7, 2017 | 7:58 pm

काठमाडौँ, २४ फागुन । पोखरामा मुख्य कार्यालय रहेको ओम डेभलपमेन्ट बैंकले काठमाडौँको कलंकीमा नयाँ शाखा विस्तार गरेको छ । शाखाको उद्घाटन नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठले गर्नु भएको छ ।

ओम डेभलपमेन्ट बैंकसँग मनास्लु विकास बैंक मर्जर प्रक्रियामा रहेको छ । मर्जरपछि बैंकले १० बराबर ३ कित्ताको अनुपातमा हकप्रद शेयर जारी गर्ने बैंकले जनाएको छ ।

बैंकले चालु आर्थिक वर्ष २०७३/७४ को पुस मसान्तसम्म १२ अर्ब ९९ करोड ५० लाख रुपैयाँ निक्षेप संकलन र ११ अर्ब ३४ करोड ५२ लाख रुपैयाँ कर्जा प्रवाह गरी १९ करोड २ लाख ३७ हजार रुपैयाँ खुद मुनाफा गरेको छ । बैंकको यसै अवधिमा निस्क्रिय कर्जा १ दशमलब २६ प्रतिशत र कर्जा निक्षेप अनुपात ७६ दशमलब ६४ प्रतिशत रहेको छ ।

बैंकको हाल चुक्ता पूँजी १ अर्ब ३६ करोड २ लाख ८१ हजार ६ सय रुपैयाँ छ भने जगेडा कोषमा ४५ करोड ७३ लाख १४ हजार ८ सय ५० रुपैयाँ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *