ओम डेभलपमेन्ट बैंकको नयाँ शाखा पोखराको लेकसाइडमा

Post Date : February 17, 2017 | 9:39 pm

काठमाडौँ, ६ फागुन । ओम डेभलपमेन्ट बैंकले पोखराको लेकसाइडमा नयाँ शाखा विस्तार गरेको छ । शाखाको उद्घाटन नेपाल राष्ट्र बैंकका प्रवक्ता तथा बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक नारायणप्रसाद पौडेलले गर्नु भएको छ । बैंकको हाल ३१ वटा शाखा रहेको छ ।

बैंकले चालु आ.व.को दोस्रो त्रैमासिकसम्ममा १२ अर्ब ९९ करोड ५० लाख रुपैयाँ निक्षेप संकलन, ११ अर्ब ३४ करोड ५२ लाख रुपैयाँ कर्जा प्रवाह गरी १९ करोड २ लाख रुपैयाँ खुद मुनाफा गरेको छ । यसै अवधिमा बैंकको निस्क्रीय कर्जा १ दशमलब २६ प्रतिशत रहेको छ भने कर्जा/निक्षेप अनुपात ७६ दशमलब ६४ प्रतिशत छ ।

बैंकको हाल चुक्ता पूँजी १ अर्ब ३६ करोड २ लाख रुपैयाँ रहेको छ । त्यस्तै, जगेडा कोषमा ४५ करोड ७३ लाख रुपैयाँ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *