ओम डेभलपमेन्ट बैंकको ३ करोड ३२ लाख रुपैया खुद मुनाफा

Post Date : November 15, 2016 | 2:27 pm

काठमाडौँ, ३० कात्तिक । ओम डेभलपमेन्ट बैंकले चालु आ.व.२०७३।७४ को पहिलो त्रैमासिकमा ३ करोड ३२ लाख रुपैया खुद मुनाफा गरेको छ ।

बैंकले पहिलो त्रैमासिक अवधिमा १२ अर्ब १२ करोड रुपैया निक्षेप संकलन र १० अर्ब ७८ करोड रुपैया कर्जा लगानी गरी सो नाफा आर्जन गरेको हो । बैंकको चुक्ता पूँजी १ अर्ब ५ करोड रुपैया रहेको छ ।

बैंकले गोर्खामा मुख्य कार्यालय रहेको मनास्लु विकास बैंकसँग मर्जरको लागि सैध्दातिक सहमति पत्रमा हस्ताक्षर गरिसकेको जनाएको छ ।

बैंकको हाल २५ वटा शाखा संचालनमा रहेका छन् । थप ६ वटा नयाँ शाखा खोल्न राष्ट्र बैंकबाट स्वीकृति पाएको बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *