ओम डेभलपमेन्ट बैंकले २९ दशमलब २० प्रतिशत बोनस सेयर दिने

Post Date : December 26, 2016 | 1:55 pm

काठमाडौँ, ११ पुस । ओम डेभलपमेन्ट बैंकको १० औँ वार्षिक साधारण सभाले गत आर्थिक बर्ष २०७२।७३ को मुनाफाबाट आफ्ना शेयरधनीलाई २९ दशमलब २० प्रतिशत बोनस सेयर दिने प्रस्ताव पारित गरेको छ ।

बैंकको गत आर्थिक वर्ष २०७२।७३ मा ११ अर्ब ८५ करोड रुपैयाँको निक्षेप संकलन र ९ अर्ब ९३ करोड रुपैयाँको कर्जा प्रवाह गरी २९ करोड ६५ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।

बोनस सेयर वितरणपछि बैंकको चुक्ता पूँजी १ अर्ब ३६ करोड रुपैयाँ पुग्नेछ । मनास्लु विकास बैंक गाभिएपछि हकप्रद सेयर र बोनस सेयर वितरणपछि बैंकको चुक्ता पूँजी २ अर्ब ५४ करोड रुपैयाँ पुरयाउनु पर्ने योजना रहेको बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *