ओम डेभलपमेन्ट बैंकले २९ प्रतिशत लाभांश दिने

Post Date : October 7, 2016 | 3:52 pm

काठमाडौं, २१ असोज । ओम डेभलपमेन्ट बैंक, संचालक समितिले शेयरधनीलाई २९ दशमलब २० प्रतिशत बोनस शेयर वितरण गर्ने निर्णय गरेको छ । नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी साधारण सभाले अनुमोदन गरे पछि कार्यान्वयनमा आउनेछ ।

बोनस शेयर वितरणपछि चुक्ता पूँजी १ अर्ब ३६ करोड २ लाख रुपैया पुग्ने बैंकले जनाएको छ ।

सिटि डेभलपमेन्ट बैंक र ओम फाइनान्स लिमिटेड एक आपसमा गाभिएर बनेको राष्ट्रिय स्तरको ओम डेभलपमेन्ट बैंकको २५ वटा शाखा रहेका छन् भने ६ वटा नया शाखा खोल्न राष्ट्र बैंकबाट स्वीकृति पाइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *