ओम डेभलपमेन्ट बैंक र एनआईबिएल क्यापिटल मार्केटबीच सम्झौता

Post Date : July 24, 2017 | 12:32 pm

काठमाडौँ, ९ साउन । ओम डेभलपमेन्ट बैंक र एनआईबिएल क्यापिटल मार्केटबीच हकप्रद शेयर निष्काशनसम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा ओम डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत विश्वमोहन अधिकारी र एनआईबिएल क्यापटल मार्केटका महाप्रबन्धक मेखबहादुर थापाले हस्ताक्षर गर्नु भएको छ ।

ओम डेभलपमेन्ट बैंकले १० शेयर बराबर ३ को अनुपातमा हकप्रद शेयर निष्काशन गर्न सम्झौता भएको हो । बैंकले प्रतिशेयर रु.१००।– अंकित दरको ४९ लाख ३१ हजार ८ सय ३५ कित्ता हकप्रद शेयर निष्काशन गर्न २०७४ असार २९ गते नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ ।

ओम डेभलपमेन्ट बैंकको हकप्रद शेयर निष्काशनपछि कुल चुक्ता पूँजी २ अर्ब १३ करोड ७१ लाख रुपैयाँ पुग्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *