ओम डेभलपमेन्ट बैंक र मनास्लु विकास बैंक गाभिने

Post Date : October 17, 2016 | 2:54 pm

काठमाडौं, १ कार्तिक । ओम डेभलपमेन्ट बैंक र मनास्लु विकास बैंक एक आपसमा गाभिने भएका छन् । दुवै बैंक एक आपसमा गाभिनका लागि सहमतिपत्रमा हस्ताक्षर गरेका छन् । सहमतिपत्रमा ओम डेभलपमेन्ट बैंकका अध्यक्ष सुशीलकुमार गोशली र मनास्लु विकास बैंकका अध्यक्ष विजय मल्लले हस्ताक्षर गर्नु भएको छ ।

सहमति अनुसार गाभिएपछि बैंकको नाम ओम डेभलपमेन्ट बैंक रहने र प्रधान कार्यालय पोखरामै रहनेछ । पोखरामा प्रधान कार्यालय रहेको ओम डेभलपमेन्ट बैंक राष्ट्रिय स्तरको बैंक हो भने गोरखामा प्रधान कार्यालय रहेको मनास्लु विकास बैंक गोरखा, चितवन र तनहुँ गरी ३ जिल्ला कार्यक्षेत्र रहेको विकास बैंक हो ।

ओम डेभलपमेन्ट बैंकको चुक्ता पूँजी १ अर्ब ५ करोड रुपैया छ भने मनास्लु विकास बैंकको चुक्ता पूँजी २८ करोड रुपैया रहेको छ ।

दुवै बैंक एक आपसमा गाभिएपछि चुक्ता पूँजी १ अर्ब ३३ करोड रुपैया, निक्षेप संकलन १३ अर्ब ९८ करोड रुपैया र कर्जा लगानी १२ अर्ब ६१ करोड रुपैया पुग्नेछ । त्यस्तै शाखा संख्या ३६ पुग्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *