ओरियन्टल सहकारी संस्थाका संचालक तथा उच्चपदस्थ कर्मचारीलाई पक्राउ गर्न निर्देशन

Post Date : May 27, 2016 | 11:43 am

काठमाडाैं, १३ जेठ । व्यवस्थापिका संसदको अर्थ समितिले ओरियन्टल सहकारी संस्थाका अध्यक्ष, संचालक तथा उच्चपदस्थ कर्मचारीलाई पक्राउ गर्न निर्देशन दिएको छ । बैठकले तुरुन्त नियन्त्रणमा लिई आवश्यक कारवाही गर्न गृह मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको छ ।

ओरियन्टल सहकारी चल–अचल सम्पत्तीको सार्वजनिक बोलकबोल मार्फत बिक्री गर्न सहकारी तथा गरिबी निवारण मन्त्रालय, अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकलाई अर्थ समितले निर्देशन दिएको हो ।
सुधीर बस्नेत कार्यकारी अध्यक्ष रहेको उक्त सहकारीले सर्वसाधारणको ४ अर्ब रुपैयाभन्दा बढी निक्षेप हिनामिना गरेको जाँचबुझ आयोगको प्रतिवेदनले देखाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *