कञ्चनपुरको बेदकोटमा कञ्चन डेभलपमेन्ट बैंक

Post Date : May 1, 2016 | 10:32 am

कञ्चन डेभलपमेन्ट बैंकले कञ्चनपुरको बेदकोट नगरपालिकास्थित दैजी बजारमा नयाँ शाखा स्थापना गरी कारोबार सुरु गरेको छ । नेपाल राष्ट्र बैंक, धनगढीका निर्देशक विश्रुत थापाले उक्त शाखाको उद्घाटन गर्नु भएको थियो ।
प्रधान कार्यालय कञ्चनपुरमा रहेको कञ्चन डेभलपमेन्ट बैंकले आर्थिक वर्ष २०७२/०७३ को चैत्र मसान्तसम्म १ अर्ब ७१ करोड रुपैया निक्षेप संकलन, १ अर्ब ५१ करोड रुपैया कर्जा लगानी गरी ५ करोड २९ लाख रुपैया संचलन मुनाफा गरेको छ ।

बैंकले बेलौरी नगरपालिकाको बेलौरी बजार र बेलडाँगी नगरपालिकाको चौवन्नी बजारमा पनि जेठ मसान्तभित्रै शाखा संचालनमा ल्याउने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *