कञ्चन डेभलपमेण्ट बैंकको ९औं शाखा बेलौरी बजारमा

Post Date : August 23, 2016 | 6:16 pm

काठमाडौं, ७ भदौ । कञ्चन डेभलपमेण्ट बैंकले कञ्चनपुरको बेलौरी बजारमा ९ औं शाखा संचालनमा ल्याएको छ । उद्योग वाणिज्य संध कञ्चनपुरका अध्यक्ष टेक बहादुर साउदले शाखाको उद्घाटन गर्नु भएको छ । कञ्चन डेभलपमेण्ट बैंकको कञ्चनपुर, कैलाली र डडेलधुरालाई आफ्नो कार्यक्षेत्र बनाएको छ ।

बैंकले आ.व. २०७२/७३ मा १ अर्ब ९१ करोड ४३ लाख रुपैया निक्षेप संकलन र १ अर्ब ६४ करोड ४३ लाख कर्जा प्रवाह गरी ९ करोड ७४ लाख रुपैया नाफा आर्जन गरेको बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *