कञ्चन डेभलपमेन्ट बैंकको २५ प्रतिशत बोनस सेयर पारित

Post Date : December 26, 2016 | 1:49 pm

काठमाडौँ, ११ पुस । कञ्चन डेभलपमेन्ट बैंकको सातौँ वार्षिक साधारण सभाले सेयरधनीलाई २५ प्रतिशत बोनस सेयर दिने प्रस्ताव पारित गरेको छ ।

बैंकले आर्थिक बर्ष २०७२।७३ को मुनाफाबाट आफ्ना शेयरधनीलाई २५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १ दशमलब ३२ प्रतिशत नगद लाभांश दिने प्रस्ताव सभाले पारित गरेको हो ।

बैंकले १० बराबर ३ को अनुपातमा हकप्रद सेयर जारी गरी तथा नाफाबाट चुक्ता पूँजी बढाउने जनाएको छ । बैंकको हाल कायम रहेको १९ करोड ८० लाख रुपैयाँलाई बोनस सेयर र हकप्रद सेयर जारी गरी चालु आर्थिक वर्ष २०७३।७४ भित्र चुक्ता पूँजी पुरयाउने बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *