कञ्चन डेभलपमेन्ट बैंकद्वारा टीकापुर र लम्कीमा शाखा विस्तार

Post Date : June 27, 2017 | 1:10 pm

कैलाली, १३ असार । कञ्चन डेभलपमेन्ट बैंकले कैलालीको लम्की चुहा नगरपालिका वडा नं. १, लम्की बजारमा १२ औँ शाखा र टीकापुर नगरपालिका वडा नं. १, सिद्धार्थ चोकमा १३ औँ शाखा संचालनमा ल्याएको छ ।

नेपाल राष्ट्र बैंक, धनगढी शाखाका निर्देशक विश्रुत थापाले उक्त शाखाको उद्घाटन गर्नु भएको थियो । कञ्चनपुर जिल्लाको भिमदत्त नगरपालिका वडा नं. ४, महेन्द्र बजारमा प्रधान कार्यालय रहेको कञ्चन डेभलपमेन्ट बैंकले कञ्चनपुर, कैलाली र डडेलधुरा जिल्लालाई कार्यक्षेत्र बनाई बैंकिङ कारोवार गर्दै आएको छ ।

बैंकको हाल १३ वटा शाखा र १ एक्सटेन्सन काउण्टर रहेको छ । बैंकको हाल चुत्ता पूँजी ३४ करोड ६५ लाख रुपैयाँ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *