कतार एयरवेजसँग बार्सिलोनाको पुन: सम्झाैता

Post Date : July 20, 2016 | 3:40 pm

काठमाडौं, ५ असार । बार्सिलोना फुटबल टिम कतार एयरवेजसँगको करार लम्ब्याउन सहमत भएको छ । कतार एयरवेज बार्सिलोना फुटबल टिमको जर्सीको प्रायोजक हो । नयाँ करार अनुसार कम्तीमा सन् २०१७ जुन महिनासम्म बार्सिलोनाको जर्सीमा कतार एयरवेजको लोगो देखिनेछ ।

नयाँ करार अनुसार स्पेनी च्याम्पियन बार्सिलोनाले कतार एयरवेजबाट वार्षिक ३ करोड ३० लाख डलर प्राप्त गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *