कपास कारखानामा आगलागी, लाखौँको क्षति

Post Date : May 19, 2016 | 3:01 pm

भक्तपुर, ६ जेठ । गएराति भक्तपुरको एक कपास कारखानामा आगलागी हुँदा करिब ७८ लाख रुपैयाँ बराबरको क्षति भएको छ । कपास पेल्ने क्रममा मेसिनमा करेन्ट सर्ट भई मध्यपुर थिमि नगरपालिका–१६, लोकन्थलीस्थित उप्रेती कटनमा आगलागी हुँदा रु ७८ लाख बराबरको क्षति भएको हो ।

आगलागीबाट उद्योगको १२ वटा कपास पेल्ने मेसिन, तयारी कपास र कपासका कच्चापदार्थ जलेर नष्ट भएको उद्योगका मालिक बलराम उप्रेतीले जानकारी दिनुभयो ।

राती करिब २ः३० बजे लागेको आगो स्थानीय जनता, प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना सहितको टोलीले बिहान करिब ५ः३० बजे नियन्त्रणमा लिएको महानगरिय प्रहरी वृत्त थिमिका प्रमुख प्रहरी नायब उपरीक्षक प्रवीणलाल श्रेष्ठले जानकारी दिनुभयो । आगलागी नियन्त्रण गर्न जुद्ध बारुणयन्त्र, भक्तपुर, काठमाडौँ, सशस्त्र प्रहरी र नेपाली सेनासहित चारवटा दमकल प्रयोग गरिएको प्रहरीले जनाएको छ ।

काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको लोकन्थलीस्थित प्रशोधन केन्द्र नजिकको सो उद्योगको आगो नियन्त्रण गर्न केन्द्रको पानीसमेत प्रयोग गरिएको थियो । सो उद्योगमा गत वर्ष पनि आगलागी हुँदा १० वटा मेसिनसहित करिब रु ४५ लाख बराबरको क्षति भएको थियो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *