कर छल्ने प्रवृत्ति बढ्दो

Post Date : November 17, 2016 | 4:01 pm

वीरगन्ज, २ मङ्सिर । जिल्लामा कर छल्ने प्रवृत्ति बढ्दै गएको छ ।

जिल्लाका ठूला करदाताले समयमा कर तिरे पनि साना करदाताले भने राजस्व छल्ने गरेका छन् । राजस्व छल्ने करदाताको खोजी गर्न अभियान सञ्चालन गरिएको प्रमुख कर अधिकृत रामप्रसाद पाठकले बताउनुभयो ।

“जनशक्तिको अभावका कारण विगत वर्षमा कर छल्ने करदाताको खोजी गर्न सकिएको थिएन,” उहाँले भन्नुभयो । चालु आवमा करदाताको खोजी अभियानलाई तीब्र पारिएको उहाँको भनाइ छ । चालु आवको साउनदेखि असोजसम्ममा रु एक अर्ब ६३ करोड राजस्व असुली गर्ने लक्ष्य रहेकामा कार्यालयले हालसम्म रु एक अर्ब ७१ करोड राजस्व सङ्कलन गरेको छ ।

जिल्लामा ठूला साना गरी ४१ हजार करदाता रहेका छन् । साना करदाताबाट कर छल्ने प्रवृत्ति बढ्दै गएको छ । आव २०७२÷७३ मा रु पाँच अर्ब ३३ करोड राजस्व उठाउने लक्ष्य राखेकामा कार्यालयले रु पाँच अर्ब ५० करोड राजस्व सङ्कलन गरेको थियो । । चालु आवमा रु सात अर्ब ५० करोड राजस्व उठाउने लक्ष्य लिएको कार्यालयले जनाएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *