काँक्रेविहार विकास बैंक आठौँ वर्षमा प्रवेश

Post Date : March 12, 2017 | 1:06 pm

सुर्खेत, २९ फागुन । काँक्रेविहार विकास बैंक सातौँ वर्ष पूरा गरी आठौँ वर्षमा प्रवेश गरेको छ ।

बैंकले गत आर्थिक वर्ष २०७२/७३ मा ६७ लाख ४८ हजार रुपैयाँ खुद मुनाफा गरेको छ । बैंकको चुक्ता पूँजी ७ करोड २४ लाख ६२ हजार ७५ रुपैयाँ रहेको छ ।

एक र तीन जिल्ले कार्यक्षेत्र भएका विकास बैंकहरूले २०७४ असार मसान्तसम्म चुक्ता पूँजी ५० करोड रुपैयाँ पुरयाउनु पर्ने राष्ट्र बैंकले तोकेकोले एक जिल्ला कार्यक्षेत्र भएको यस बैंकका संस्थापक शेयरधनीहरूले ५० करोड रुपैयाँ चुक्त पूँजी पुराउन इच्छा जाहेर गरेकोले कुमारी बैंकसँग यसै आ.व.को अन्त्यसम्म मजृरुमा जाने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *