काठमाडौंको ४ ठाउँमा आकाशे पुल बन्ने

Post Date : September 24, 2016 | 12:55 pm

काठमाडौं, ८ असोज । काठमाडौं महानगरपालिकाले काठमाडौं (कामनपा) को चार ठाउँमा आकाशे पुल निर्माण गर्ने भएको छ । कामनपाको विशेष नगर परिषदले यो योजनाको लागि थप ४ करोड रुपैया स्वीकृत गरेको छ ।

यसअघि पनि कामनपाले काठमाडौंको नया बानेश्वर चोक, चाबहिल, काठमाडौं जिल्ला अदालत (बबरमहल) अगाडि, इन्द्रायणी छेउको लखः तिर्थ मार्गमा आकाशे पुल बनाउन १ करोड रुपैया छुट्याएको थियो । एक करोड रुपैयाले ती ४ वटा आकाशे पुल निर्माण गर्न नपुग भएकोले अहिले विनियोजन गरेको कामनपाले जनाएको छ । यी सबै ठाउँमा स्टील स्ट्रक्चरको आकोश पुल हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *