काठमाडौंदेखि पोखरासम्म लायन्स मोटर रयाली हुने

Post Date : November 13, 2016 | 7:31 pm

काठमाडौँ, २८ कात्तिक । आगामी नोभेम्बर १७ अर्थात मंसिर २ गते काठमाडौँदेखि पोखरासम्म लायन्स मोटर रयाली हुने भएको छ । लायन्स क्लब इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ ए१ ले नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा) को प्राविधिक सहयोगमा उक्त रयाली गर्ने भएको हो ।

लैनचौर ब्याङ्क्वेटबाट विहान ११ बजे प्रारम्भ हुने उक्त रयाली विभिन्न स्थान हुँदै पोखरा पुग्ने छ । सोही समयमा पोखरामा लायन्स मल्टिपल फेस्टिभल २०१६ समेत आयोजना हुँदैछ । त्यसैले पनि यस पटकको रयाली विशेष महत्वको हुनेछ ।

रयालीको सम्पूर्ण व्यवस्थापन लायन्स क्लब इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ ए१ मा आवद्ध लायन्स क्लब अफ काठमाडौँ राइजिङ सनले गर्दैछ । मोटर रयालीबाट लायन्स सदस्यहरु पनि रोड सेफ्टी र ड्राइभ टुरिजमको क्षेत्रमा सहभागी हुने र आगामी दिनमा यो क्षेत्रमा थप कार्य गर्न सकिने लायन्स क्लब अफ काठमाडौँ राइजिङ सनका अध्यक्ष तथा रयाली संयोजक मधुसुदन सिग्देलले बताएका छन् । उक्त रयालीलाई गल्फ लुब्रिकेन्ट्सले मुख्य रुपमा प्रायोजन गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *