काठमाडौंमा नवौँ बार्षिक ग्लोबल एलायन्स फर बैकिंङ्ग अन् भ्यालुज सम्मेलनको उद्घाटन सम्पन्न

Post Date : March 7, 2017 | 6:15 pm

काठमाडौँ, २४ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहालको प्रमुख आतिथ्यतामा २०७३ फागुन २४ गते हायात होटल, काठमाडौँमा नवौँ बार्षिक ग्लोबल एलायन्स फर बैंकिङ्ग अन् भ्यालुज (जिएबिभि) सम्मेलनको उद्घाटन कार्य सम्पन्न भएको छ । एफएमओसँग सहकार्य गर्दै आएको एनएमबि बैंक जिएबिभि सम्मेलनको आयोजक सदस्य हो । एशिया, अफ्रिका, अष्ट्रेलिया, ल्याटिन अमेरिका, उत्तर अमेरिका र युरोपका २८ राष्ट्रहरुमा दिगो वित्तीय संस्थाहरु संचालन गरिरहेका ४३ वटा संस्थाका प्रमुख कार्यकारी अधिकृत तथा बरिष्ठ अधिकारीहरु लगायत १२० जना सहभागीहरुले सम्मेलनमा सहभागीता जनाएका छन् । काठमाडौँमा फागुन २४ गतेदेखि ३ दिनसम्म चल्ने उक्त सम्मेलनमा सहभागीहरुले दक्षिण पूर्वी एशियामा मूल्य मान्यतामा आधारित बैंकिङ्गको उपलब्धि र चुनौतीहरुका बारेमा एनएमबि बैंकद्वारा जानकारी लिनेछन् ।

नेपाल सम्मेलनमा देशका उच्च ओहदाका महत्वपूर्ण व्यक्तित्वहरु, मन्त्रीहरु, राष्ट्र बैंकका गभर्नर, नायब गभर्नरहरु, वित्तीय संस्थाका अध्यक्षहरु, उच्च प्रशासकहरु र अन्य सरोकारवालाहरुको पनि उपस्थिति रहेको प्रेस विज्ञप्तीमार्फत जनाइएको छ ।

प्रेस विज्ञप्तीमा अगाडि भनिएको छ – नेपालमा आयोजना गरिएको वार्षिक सम्मेलन २०१७ को मूल नारा “Shifting the Financial Paradigm – Courage to Act Together” ले जिएबिभि र यसका सदस्यहरु एवं साझेदारहरुले मुनाफाभन्दा पहिले जनतालाई बढावा दिन विश्व वित्तीय प्रणालीमा ल्याउन चाहेको परिवर्तनलाई आत्मसात गरेको छ । सम्मेलनले स्थानीय समुदायहरुको आत्मनिर्भरतालाई पनि लक्षित गर्नेछ । जिएबिभिका सम्पूर्ण सदस्यहरुले आफ्नो कार्यक्रम स्थानीय समुदायहरुलाई उकास्न तथा वातावरणीय संरक्षण गर्दै स्थानीय उद्यमीहरुलाई सहयोग गर्नमा नै केन्द्रित गर्दै आइरहेका छन् । बितेको दुई दशकदेखि एनएमबि बैंकले आत्मनिर्भर नेपाल भन्ने आफ्नो प्रतिवद्धता अनुरुप आफ्ना कार्यक्रमहरुलाई आत्मनिर्भरताको क्षेत्रमा केन्द्रित गर्दै आएको छ भने स्थानीय समुदायहरुलाई सहयोग पुग्ने खालका विभिन्न योजनाहरुमा लगानी गर्दै आएको पनि छ । यस सम्मेलनबाट जिएबिभिका सदस्य बैंकहरुले बैंकहरु नाफा आर्जनको लागि मात्र चलेका नभई मुल्य मान्यतामा आधारित बैकिंङ्ग कारोबार पनि गर्दछन् र स्थानीय समुदायहरुका लागि काम गर्ने बैंकहरु पनि छन् भनेर उदाहरण प्रस्तुत गर्न सकिने विश्वास लिएका छन् । “Shifting the Financial Paradigm – Courage to Act Together” भन्ने नाराका साथ अघि बढ्ने यस अभियानले वास्तविक अर्थ व्यवस्थाको स्तरोन्नतिका लागि मूल्य मान्यतामा आधारित बैकिंङ्गको क्षेत्रमा संयुक्त कार्य गर्न प्रेरित गर्नेछ ।

तीन दिनसम्म चल्ने उक्त सम्मेलनले सहभागीहरुका लागि स्थानीय समुदायमा मूल्य मान्यतामा आधारित बैंकिङ्गको सफलताको बारेमा जानकारी प्रदान गर्न प्रमुख कार्यकारी अधिकृतहरु बीचको छलफल, नियमनकारी संस्था, मानव संशाधन विकास समूह, सल्लाहकार समितिको र लिडरशीप एकेडेमीका युवा बैंकरहरुको समूह सम्बन्धमा समानान्तर गोष्ठी, प्रेरणादायी सिकाई यात्राहरु र कार्य सम्पादन प्रयोगशालाको सहजीकरण गर्ने कुरा समेत प्रेस विज्ञप्तीमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *