काठ बिक्रीबाट अठार करोड पचास लाख आम्दानी

Post Date : August 23, 2016 | 7:56 pm

काठमाडौँ, ७ भदौ । वन पैदावार विकास समितिले आर्थिक वर्ष २०७२/७३ मा काठ बिक्रीबाट रु १८ करोड ५१ लाख आम्दानी गरेको छ ।

समितिले सागरनाथ वन विकास परियोजना र रतुवामाई वृक्षरोपण आयोजनाभित्र रहेका वनमा वृक्षरोपण गरी त्यसबाट उत्पादित काठ बिक्रीबाट उक्त रकम आम्दानी गरेको हो । समितिका कार्यकारी अध्यक्ष डा विनयकुमार कुसियैतले पछिल्लो समय अतिक्रमण बढेपछि सशस्त्र प्रहरीको सहयोगमा संरक्षण र सम्बद्र्धनमा जुटेको बताउनुभयो ।

समितिले सर्लाही, महोत्तरी र रौतहटको सिमानामा रहेको सागरनाथ वन तथा झापाको रतुवामाई वनको संरक्षण र वृक्षरोपण गरी काठ बिक्रीबाट उक्त रकम सङ्कलन गरेको हो । समितिले हाल सागरनाथ वनको १३ हजार ५०० र रतुवामाईको दुई हजार ६५० हेक्टर वनको वृक्षरोपण, संरक्षण गरी उत्पादित काठ बिक्री गर्दै आएको बताइएको छ। रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *