कानुनी प्रक्रिया पूरा गरेर एनसेलले लाभांश लगेको नेपाल राष्ट्र बैंकद्वारा स्पष्ट

Post Date : October 25, 2016 | 9:02 am

काठमाडौँ, ८ कत्तिक । दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले नेपाल दूर सञ्चार प्राधिकरणको मिति २०७३/३/२७ को सिफारिसमा कानुनी मापदण्ड पूरा गरेर विगत पाँच वर्ष अघिदेखि रोकिएको लाभांश विदेशी मुद्रा सटही सुविधासहित लगेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकले यहाँ आज आयोजना गरेको पत्रकार सम्मेलनमा विद्यमान कानुनी प्रक्रिया पूरा गरी आर्थिक वर्ष २०६८/६९ को रु आठ अर्ब ३६ करोड नगद लाभांश लगेको स्पष्ट गरेको हो ।

राष्ट्र बैंकका प्रवक्ता नारायणप्रसाद पौडेलले भन्नुभयो, “कानुनी सर्त पूरा गरेकाले एनसेललाई हामीले स्वीकृति दिएका हौँ ।” उहाँले नेपाल दूरसञ्चार प्राधिकरण र उद्योग विभागको सिफारिसका आधारमा राष्ट्र बैंकले लाभांश लैजान अनुमति दिएको स्पष्ट पार्नुभयो ।

विदेशी लगानीकर्ताले आफ्नो कारोबारबाट आर्जित लाभांशवापतको रकम लैजान अद्यावधिक सेयर लागत, कर चुक्ता प्रमाण, लेखापरीक्षण प्रतिवेदन र लाभांश वितरणबारे कम्पनीको सभाले गरेको निर्णयसहितको कागजात संलग्न गरी निवेदन दिएमा लगानीकर्ताले लैजान लागेको लाभांश बराबरको विदेशी मुद्राका लागि सिफारिस गर्न सकिने कानुनी व्यवस्था छ । रासस

(नेपाल राष्ट्र बैंकबाट पत्रकार सम्मेलनमा वितरण गरिएको पत्र तल हेर्नुहोस्)

bb_0001

bb_0002

Leave a Reply

Your email address will not be published. Required fields are marked *