कालिकोटको तिला नदिमा जलविद्युत परियोजना निर्माण हुने

Post Date : August 24, 2016 | 6:48 pm

काठमाडौं, ८ भदौ । कालिकोटमा रहेको तिला नदिमा ४२० मेगावाट क्षमताको तिला दोश्रो जलविद्युत परियोजना निर्माण हुने भएको छ । कम्पनीले आयोजनामा ४२ अर्ब १० करोड ६६ लाख रुपैया लगानी गर्ने भएको छ ।

उक्त परियोजनामा एससी पावर कम्पनी प्रा.लि.ले निर्माण गर्न लागेको हो ।

एससी पावर कम्पनी बास्तोला अर्गनाइजेसन र भारतीय लगानीकर्ताबाट संयुक्त रुपमा प्रवर्धित कम्पनी हो । आयोजनाको सर्भे अनुमती एससी कम्पनीको नाममा जारी भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *