काष्ठमण्डप डेभलपमेन्ट बैंकको नाफा ३० करोड २२ लाख

Post Date : August 14, 2016 | 1:02 pm

काठमाडौं, ३० साउन । काष्ठमण्डप डेभलपमेन्ट बैंकले आर्थिक वर्ष २०७२/७३ को असार मसान्तसम्ममा ६ अर्ब ७१ करोड ९४ लाख रुपैया निक्षेप संकलन, ५ अर्ब ७४ करोड ७२ लाख रुपैया कर्जा प्रवाह गरी ३० करोड २२ लाख २६ हजार रुपैया खुद मुनाफा गरेको छ । अघिल्लो आ.व. २०७१/७२ को भन्दा यस आर्थिक वर्षमा खुद मुनाफा २३ करोड ३ लाख ३० हजार रुपैया बढी छ । जुन लभगभ ३ सय २० प्रतिशतले बढी हो ।

बैंकले आ.व. २०७२/७३ को चौथो त्रैमासिकमा ३० करोड ३६ लाख ३१ हजार रुपैया खराब कर्जा उठाउन सफल भएकोले उक्त नाफा बढ्न गएको हो । त्यस्तै निष्क्रीय कर्जा अनुपात अघिल्लो आ.व. २०७१/७२ मा ७.९५ प्रतिशत रहेकोमा आ.व. २०७२/७३ मा ०.९३ प्रतिशत ल्याउन सकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *