काष्ठमण्डप डेभलपमेन्ट बैंकको २३ दशमलब ३७ प्रतिशत बोनस शेयर

Post Date : March 7, 2017 | 12:11 pm

काठमाडौँ, २४ फागुन । काष्ठमण्डप डेभलपमेन्ट बैंकको नवौं वार्षिक साधारण सभाले २३ दशमलब ३७ प्रतिशतका दरले आफ्ना शेयरधनीलाई बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

काष्ठमण्डप डेभलपमेन्ट बैंकलाई कुमारी बैंकले प्राप्ति गर्ने प्रयोजनका लागि शेयर आदान–प्रदान अनुपातसमेत सभाले पारित गरेको छ । काष्ठमण्डप डेभलपमेन्ट बैंकको १ कित्ता शेयर बराबर कुमारी बैंकको शून्य दशमलब ८५ कित्ता (१००ः८५ कित्ता) को दरमा स्वाप रेसियो पारित भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *