कास्की फाइनान्सको विशेष साधारण सभा सकियो

Post Date : March 25, 2016 | 9:18 am

कास्की फाइनान्स लिमिटेडले विशेष साधारण सभा सम्पन्न गरेको छ । सभाले कामना विकास बैंकसँगको मर्जरका लागि अन्तिम निर्णय गरेको जनाएको छ ।

मर्जरपछि संस्थाको चुक्ता पूँजी ६७ करोड ३७ लाख रुपैया पुग्नेछ । संस्थाको नाम कामना विकास बैंक रहने छ । पोखराको सिर्जना चोकमा केन्द्रीय कार्यालय रहने गरी बैंकको अध्यक्षमा राजेन्द्रनिधि कोइराला, प्रमुख कार्यकारी अधिकृतमा तोयराज अधिकारी र नायव प्रमुख कार्यकारी अधिकृतमा उमेश कुमार आचार्य रहने संस्थाले जनाएको छ । मर्जरपश्चात शाखा संख्या २१ वटा, ATM संख्या ९ र कर्मचारी संख्या १४८ जना हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *